शुक्रबार, २२ मे, २०२६
06:27 | ११:१२

एकै दिन थपिए एक हजार २७१ संक्रमित

रासस सेप्टेम्बर ९, २०२१

फाइल तस्विर

काठमाडौँ–कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा संक्रमण देखिएको हो ।

नेपालमा संक्रमण दर १९.४ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २८ हजार ६७८ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ रहेका छन् । आज एक हजार ८४५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भई घर फर्किएका हुन् । नेपालमा संक्रमणमुक्त हुने दर ९४.९ प्रतिशत छ ।

संक्रमणबाट विगत २४ घण्टामा १४ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९०३ जनाको 
संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६७.५ जनाको संक्रमणका कारण निधन हुने गरेको छ । हाल चार सय ५८ जना सघन उपचार कक्ष, १३९ जना भेन्टिलेटर, २६ हजार ८८६ जना होमआइसोलेशन, एक हजार ७९२ जना संस्थागत आइसोलेशन र २६१ जना क्वारेन्टिनमा छन् ।

नेपालमा आज ९२ हजार १६९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू