शनिबार, वैशाख १५, २०८१
22:27 | ०३:१२

बेलायतका नेपाली कलाकार झुल्किए ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियोमा

नेपाली लिङ्क अगस्ट ३१, २०२१


लण्डन । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरु आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन्, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् ।

जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो, जुन राष्ट्रिय भावनाले ओतप्रोत छ । ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडियो हालै बेलायतमा एक कार्यक्रमबीच लोर्कापण गरिएको छ ।

एनआरएनए यूकेका नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगर, बेलायत अल्डरसटको वेलीङ्टनका कन्जरभेटिभ पार्टीका काउन्सिलरहरु प्रवेश केसी र जीव बेलबासे, सनम कुमार बैराग, कमला सेन्दाङ, कल्पना आङ्बुहाङ, बाचस्पति रेग्मी, पर्शुराम राईको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सुरेश राज पाठक, मधुसुदन थापा मगर र ममता गुरुङको स्वर रहेको भिडियोमा बेलायतमा स्थापित कलाकारहरुको अभिनय देख्न सकिन्छ । कल्पना आङबुहाङको शब्द सिर्जना रहेको गीतमा अशोक कुमार राईको संगीत छ ।

गंगाराजको कम्पोज रहेको गीतमा रोमियन लिम्बु, ध्रुब दत्त, सिर्जना निलेगंखु, आस्था जोशी, दीपक मैथाने मगर, सन्तोष राई, सन्तोष राई, परशुराम राई, कुमुद पन्त, प्रतिमा दुतराज र इन्दु लिम्बुको कलात्मक अभिनय छ ।

दिलु थापाको कोरियोग्राफी रहेको भिडियोमा नवीन निरौलाको कलर, सञ्चारकर्मी कुशल श्रेष्ठको छायांकन र सम्पादन छ । मन इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियोको निर्माण सुमन पुनले गरेका हुन् ।

भिडियोको निर्देशन सन्त कुमार राईले गरेका हुन् । निर्मात्री सुमन पुन एक कुशल ब्यवसायी हुन् । उनी नितान्त अलग फिल्डबाट आएकी हुन् ।

फ्यान यूकेकी सल्लाहकार समेत रहेकी सुमनले आगामी दिनमा चलचित्रमा निरन्तरता दिने बताएकी छिन् ।

ब्यवसायी सुमन गोर्खा सर्भिसेस लिमिटेड, लाइफ केयर म्यानेजमेन्ट र मन ट्राभल एण्ड टुर सर्भिसेस प्रालिकी म्यानेजिङ डाइरेक्टर हुन् ।

भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू