बुधबार, जेठ २, २०८१
23:43 | ०४:२८

निर्माता-निर्देशक प्रेम लामाको चलचित्र ‘एटीन’ एमजोन प्राइममा

नेपाली लिङ्क अगस्ट २२, २०२१

लण्डन ।  एमजोन प्राइममा नेपाली फिल्मले अवसर पाउनु गौरवको विषय हो । कोरोना महामारीले चलचित्र क्षेत्र थलिएका बेला चलचित्रहरु डिजिटल प्ल्याटफर्ममार्फत दर्शक सामु पुग्ने विकल्पहरु प्रशस्त छन् । तर एमजोन जस्तो विश्वकै चर्चित र विश्वसनीय माध्यममार्फत नेपाली फिल्म ‘एटीन’ले संसारभरका दर्शक सामु पुग्ने अवसर पाएको छ ।

सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत पुगेर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी बेलायतमा नै हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेसन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ । 

बेलायतमै निर्माण गरिएको चलचित्र ‘एटीन’ एमजोनमा अटाउन पाउँदा निकै खुशी लागेको फिल्मका निर्देशक तथा निर्माता प्रेम लामाले बताए ।


तारा देवी लामा र पेमा डोल्करको संयुक्त लगानीमा निर्मित चलचित्र ‘एटीन’ मा प्रसुना कंडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, रितेश चाम्ससहित बेलायतीहरु क्रिस एपलटन, राजा मिया, स्टेफनी सान्चेज र मिली एन्डरसनको पनि अभिनय देख्न सकिन्छ ।

चलचित्र ‘एटीन’ मा संगीत चन्द्रकुमार डोङ र तारा प्रकाश लिम्बु, स्वर निर्मला घिसिङ र तारा प्रकाश लिम्बु, शब्द चन्द्र कुमार डोङ र अन्जु श्रेष्ठ, ब्याकग्राउण्ड साउण्ड डिजे एल.एक्स. पौडेल, सम्पादन किरण राज थापा, छायांकन कुशल श्रेष्ठ, अरोण अशोक कुमार र प्रतिक दुदराजको छ । 

प्रेमिस भिजनको ब्यानरमा निर्माण भएको ‘एटीन’अघि निर्माता तथा निर्देशक लामाले बेलायतबाटै तीन वटा चलचित्र निर्माण एवं निर्देशन गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू