शुक्रबार, वैशाख ७, २०८१
21:02 | ०१:४७

लन्डन पशुपतिनाथ मन्दिरमा नयाँ कार्यसमिति, नेतृत्व दासुराम पाण्डेलाई

नेपाली लिङ्क अगस्ट ९, २०२१

लन्डन ।  लन्डनको पशुपतिनाथ मन्दिरमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

आइतबार सम्पन्न मन्दिरको पांचौँ अधिवेशनले दासुराम पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  

अध्यक्ष निर्वाचित पाण्डे मन्दिरको स्थापनाकालदेखि नै सक्रिय एक अभियन्ता एवम् ट्रस्टी हुन् । मन्दिरको कार्यसमितिमा उनले कोषाध्यक्ष, सचिव हुँदै यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । एनआरएन यूकेमा समेत पाण्डेले कोषाध्यक्ष, सचिव र उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

नयाँ कार्यसमितिमा सरिता पौडेल उपाध्यक्ष, जीवन वाग्ले सचिव, भोजराज कंडेल कोषाध्यक्ष र राधा खरेल सहसचिव निर्वाचित भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यहरुमा मन्जु गौतम, विष्णु ज्ञवाली, रामकृष्ण अर्याल, शालिक सापकोटा, अर्कराज तिम्सिना, रोमनाथ पाण्डे, हरिप्रसाद ओझा र राधा सापकोटा चुनिएका छन् ।  

यसअघि नयाँ कार्यसमितिका लागि अरु सबै पदमा निर्विरोध भएपनि उपाध्यक्ष पदमा दुई उम्मेद्वारी परेको थियो । सहमतिको प्रयासस्वरूप अन्तिम समयमा निवर्तमान समितिकी सचिव कल्पना त्रिपाठी उपाध्यक्षको उम्मेद्वारीबाट पछि हटेपछि सर्वसम्मति बनेको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवम् मन्दिरका संस्थापक अध्यक्ष होम शर्माले शपथ खुवाएका थिए । मन्दिरका पूर्व अध्यक्ष बालजंग अर्याल, ट्रस्टी संयोजक कर्ण शाही, पन्डित निलहरि घिमिरे लगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिंदै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

त्यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र कंडेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव कल्पना त्रिपाठीको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोपाल अर्यालको आर्थिक प्रतिवेदन एवम् विधान समिति संयोजक कर्ण शाहीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव छलफलपछि पारित गरिएको थियो ।  

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू