मंगलबार, असोज ५, २०७८
16:04 | २०:४९

नेपालमा दुई हजार ५६८ नयाँ संक्रमित

रासस अगस्ट १, २०२१

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् ।

आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ ।

हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू