शुक्रबार, वैशाख १४, २०८१
10:48 | १५:३३

मतदान शुरु हुन केही घन्टाअघि एनआरएनए यूके निर्वाचन सार्ने तयारी

निर्वाचन २ दिन पर सार्ने तयारी

नेपाली लिङ्क जुलाइ ३०, २०२१

लन्डन । एनआरएनए यूके निर्वाचन अन्तिम समयमा २ दिन पर सार्ने तयारी गरिएको छ । 

मतदान शुरु हुन केही घण्टा बांकी रहंदा निर्वाचन २ दिन पर सारेर सोमबार गराउने तयारी भइरहेको बुझिएको छ ।

निर्वाचन समितिका एक सदस्यले ‘पब्लिक इन्ट्रेस्ट’ का कारण दुई दिन पर सार्ने प्रस्ताव आएको तर अन्तिम निर्णय हुन बांकी रहेको बताए ।

अनलाइन मतदानका विषयमा मतदातालाई स्पष्ट बुझ्ने मौका दिनकै लागि निर्वाचन सार्ने तयारी भएको छ ।

आधिकारिक घोषणा गर्नुअघि शुक्रबार साँझ निर्वाचन समितिको बैठक बस्दैछ । सोही बैठकले निर्वाचन पर सार्नेबारे निर्णय लिन सक्ने समितिका एक सदस्यले नेपाली लिंकलाई बताए ।  

निर्वाचन सरेको अवस्थामा सोमबार मध्यान्ह १२ देखि मंगलबार मध्यान्ह १२ सम्म मतदान गराउने तयारी निर्वाचन समितिले गर्दैछ ।  

यसअघि जुलाई ३१ को पूरा दिन (शुक्रबार मध्यरातदेखि शनिबार मध्यरातसम्म) मतदान हुने कार्यक्रम थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू