मंगलबार, चैत ६, २०८०
04:13 | ०९:५८

एनआरएनए यूके सदस्यमा नयाँ जोससहित गीता रायमाझीद्वारा उम्मेद्वारी

नेपाली लिङ्क जुलाइ २८, २०२१

लन्डन । बेलायतमा लामो समयदेखि व्यावसायिक क्षेत्रमा आवद्ध गीता भण्डारी रायमाझीले गैर आवासीय नेपाली संघ (एनआरएनए)  यूकेको आसन्न निर्वाचनमा सदस्य पदमा उम्मेद्वारी दिएकी छन् ।

संस्थालाई पारदर्शी, प्रविधिमैत्री र साझा बनाउने उद्देश्यले आफूले उम्मेद्वारी दिएको उनले बताइन् ।

‘विगतका काम र अनुभवका आधारमा थप इच्छा शक्ति लिएर अघि बढ्ने चाहनासहित आफ्नो योग्यता, अनुभव र क्षमतालाई गैर आवासीय नेपाली संघमार्फत सदुपयोग गर्न चाहन्छु’, उनले भनिन् ।

विगत दुई दशकदेखि बेलायत बस्दै आएकी रायमाझी डेढ दशकदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न छन् । पछिल्लो समय उनीसहितको संयुक्त लगानीमा नेपालमा होटल तथा रिसोर्ट व्यवसाय संचालनमा छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन यहि जुलाई ३१ तारिखमा हुने तय भएको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू