शनिबार, वैशाख ८, २०८१
04:30 | ०९:१५

१२ बुँदे एजेन्डासहित एनआरएनए स्कटल्यान्डको अध्यक्षमा पाण्डेको उम्मेदवारी

नेपाली लिङ्क जुलाइ २१, २०२१

लन्डन । एनआरएनए यूकेको स्कटल्याण्ड राज्य समन्वय परिषदमा दिवाकर पाण्डेले उम्मेदवारी दर्ता गरेका छन् । परिषदको वर्तमान कार्यसमितिमा सचिव रहेका पाण्डे आगामी कार्यकालका लागि अध्यक्ष उम्मेदवार बनेका  हुन् ।  

सोमबार उम्मेदवारी दर्ता गरेलगत्तै पाण्डेले आफ्ना १२  बुँदे एजेन्डासहितको घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।  

घोषणापत्रमा उनले स्कटल्यान्डमा बस्ने नेपालीहरुमध्ये आधा संख्यालाई एनआरएनएमा आबद्ध गर्ने, स्थानीय नेपालीहरुलाई एनआरएनए अभियानबारे सुसूचित गर्ने, स्कटल्यान्डमा नेपाली भाषा, संस्कृति प्रवर्द्धनका लागि  विशेष कार्यक्रम ल्याउने, नेपाली नागरिकता निरन्तरता र पैत्रिक सम्पत्तिको सुरक्षाका लागि पहल गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।  

त्यस्तै, पाण्डेले एनआरएनए स्कटल्यान्डलाई च्यारिटीमा दर्ता गर्ने, संस्थागत पारदर्शिता विकास गर्ने, स्थानीय नेपाली संघसंस्थाको सशक्तिकरण र सहकार्य बढाउने, नयाँ पुस्तालाई एनआरएनए अभियानबारे बुझाउने जस्ता एजेन्डा पनि अघि सारेका छन् ।  

पाण्डेको घोषणापत्र:

गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य समन्वय परिषदका आगामी कार्यकालका अध्यक्षका प्रत्यासी दिवाकर पाण्डेको चुनावी घोषणापत्र २०२१

आदरणीय स्कटल्याण्डबासी आमा बुबा, दाजुभाई तथा दिदी बहिनीहरु,

यस स्कटल्याण्ड राज्य समितिको निवर्तमान कार्यसमितिको सचिवको जिम्मेवारी बहन गरी आर्जन गरेको ज्ञानलाई अझै सशक्त बनाउँदै आगामी कार्यसमितिको अध्यक्षको रूपमा काम गर्ने अवसर प्राप्त भएमा मुलभुत निम्न कामहरु पुरा गर्ने हार्दिक प्रतिबद्धता गर्दछु ।

● स्कटल्याण्ड भर छरिएर रहेका सबै गैरआवासीय नेपालीहरू बिच सहयोग, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने ।

● हाम्रो मातृभूमि नेपाली संस्कृति, भाषा र सभ्यताको कर्मभूमि स्कटल्याण्डका पनि संरक्षण र प्रवर्धन गर्ने ।

● विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई प्राप्त भएका संवैधानिक तथा कानूनी अधिकारहरूको कार्यन्वयनका लागि जोडदार पहल गर्दै नेपालमा रहेका हाम्रा पैतृक सम्पत्तिको पुस्तौंसम्म संरक्षण गर्ने ।

● संघीय सिद्धान्त अनुरुप यस स्कटल्याण्ड राज्य समितिलाई गैरआवासीय नेपाली संघ यूकेको विधानले दिएका अधिकारहरूको कार्यान्वयन गर्ने र आवश्यकता अनुसार अन्य अधिकार प्राप्तिका लागि पहल गर्ने ।

● यस स्कटल्याण्ड राज्य समितिलाई स्कटल्याण्डको स्थानीय कानून अनुसार च्यारिटी संस्थाको रूपमा दर्ता गरी परोपकारी कामलाई अझै सशक्त बनाउने ।

● स्कटल्याण्ड गैरआवासीय नेपालीहरु आवद्ध रहेका सबै सामाजिक संस्थाहरुलाई अझै एकतावद्ध र ससक्त बनाउँदै उदाहरणीय परोपकारी काम गर्ने ।

● यस स्कटल्याण्ड राज्य समन्वय परिषदको आर्थिक हिसाब किताब पारदर्शी र सही राख्ने ।

● स्कटल्याण्डभर रहेका सबै गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघको उद्देश्य, यसले प्राप्त गरेका उपलब्धिहरू सुचित गराउँदै आगामी दिनमा गर्नुपर्ने कामहरुको बारेमा सुझाव लिने।

● स्कटल्याण्डमा रहेका गैरआवासीय नेपालीमध्ये कम्तीमा ५०% गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली संघमा आवद्ध गर्ने ।

● स्कटल्याण्डमा रहेका गैरआवासीय नेपालीहरुबीच सद्भाव र एकतालाई अभिबृद्धि गर्ने उद्देश्यले सबैलाई उपयुक्त हुने स्थानमा प्रत्येक समरमा एक सांस्कृतिक कार्यक्रम आयोजना गर्ने ।

● यस आगामी कार्यसमितिको बैठक स्कटल्याण्डमा रहेका मुख्य शहरहरु ग्लासगो, एडिनबर्ग, फाइफ र एवर्डिनमा आवश्यकता अनुसार पालैपालो बस्ने ।

● गैरआवासीय नेपालीका सन्तान दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको गठन यसको आवश्यकता र महत्वको बारेमा सुसुचित गर्ने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू