शुक्रबार, वैशाख ७, २०८१
18:53 | २३:३८

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतद्वारा खोप केन्द्र अनुगमन  

नेपाली लिङ्क जुलाइ १९, २०२१

फाइल फोटो

ललितपुर, ४ साउन– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले आज ललितपुर महानगरपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको निरीक्षण गरेका छन् ।

मुलुकमा फैलिइरहेको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्री देउवाका साथै राजदूत बेरीले उक्त खोप केन्द्रको निरीक्षण गरी खोप प्रक्रियाका बारेमा जानकारी लिए ।

सो क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रधानमन्त्री देउवालाई आफूले यहाँका २९ वटै वडामा खोप लगाउने गरिएको जानकारी गराए ।

प्रधानमन्त्री देउवाले आज काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रको स्थलगत अनुगमन गर्ने क्रममा ललितपुरमा रहेका छ पालिकामध्ये महानगरपालिका–१ को केन्द्रको निरीक्षण गरेका हुन् । सोही क्रममा महानगरपालिकाका प्रमुख महर्जनका साथै उपप्रमुख गीता सत्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला र जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालको उपस्थिति थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू