शनिबार, वैशाख १५, २०८१
02:39 | ०७:२४

खुमनको तीज गीत ‘नाइँ भन्न पाईंदैन’ एकैदिनमा टिकटकमा भाइरल

नेपाली लिङ्क जुलाइ १८, २०२१

लन्डन । हिन्दू नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली कलाकारले तीज गीत सार्वजनिक गर्न शुरु गरेका छन् । यसपालीको तीजको अवसर पारेर लोकप्रिय गायक खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा ‘नाइँ भन्न पाईंदैन’ बोलको गीत शनिबार सार्वजनिक भएको छ ।

पछिल्लो समयमा गीत चर्चित  हुनको लागि टिकटकको महत्वपूर्ण भूमिका रहँदै आएको छ । ‘नाइँ भन्न पाईंदैन’  बोलको गीत अहिले टिकटकमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।

हरेक वर्ष दर्जनौं तीज गीतहरु रेकर्ड गर्दै आएका गायक अधिकारीले यसपाली पनि आफ्नै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन् । गायक अधिकारीकै संगीत तथा बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतमा नेत्र अर्यालको शब्द सृजना छ ।

म्यूजिक भिडियोमा बबिन ठकुरी, अर्जुन गौतम, ध्रुव हिमाली, रीना थापा मगर, दिपाशा बिसी र रुबिना अधिकारी लगायतको अभिनय छ । ‘ए सानु अलि वर आउ नाइँ भन्न पाईंदैन’ गीत निकै कर्णप्रिय रहेको छ भने लोकप्रिय कलाकारहरुको अभिनयले भिडियोलाई थप आकर्षक बनाएको छ ।

‘धेरै दर्शक स्रोताले आफ्नै च्यानलबाट गीत हेर्ने र सुन्ने चाहना राखेकाले आफ्नै युत्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको छु, विगतमा जस्तो दर्शकसामू प्रत्यक्ष रुपमा पुग्न सहज नभएकाले संसारभरिका दर्शकश्रोताले गीतको भिडियो हेरेर मन पराउनुहुनेछ भन्ने आशा राखेको छु’- गायक खुमन अधिकारीले भने ।

‘नाइँ भन्न पाइदैन’ भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू