शुक्रबार, वैशाख १४, २०८१
05:52 | १०:३७

संसद् अधिवेशन आइतबार

रासस जुलाइ १५, २०२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजको सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। 

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू