शनिबार, वैशाख १५, २०८१
00:07 | ०४:५२

दीपक श्रेष्ठको एनआरएनए यूके अध्यक्षको उम्मेदवारी घोषणा मंगलबार

नेपाली लिङ्क जुलाइ ११, २०२१

 

लन्डन । एनआरएनए यूकेको आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठले मंगलबार आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन् ।  

मंगलबार साँझ साढे ६ बजे एक भर्चुअल कार्यक्रममार्फत् आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्न लागेको श्रेष्ठले बताए ।  

‘बेलायतस्थित नेपाली समुदायका अग्रज, संघसंस्थाका प्रतिनिधि, एनआरएनए अभियन्ताहरु र संचारकर्मीहरु साक्षी राखेर मैले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्दैछु’, श्रेष्ठले भने, ‘त्यही अवसरमा मैले आम सदस्यहरुमाझ आफ्ना एजेन्डा र प्रतिवद्धताहरु पनि सार्वजनिक गर्नेछु ।’

एनआरएनए यूकेको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदारका रुपमा मैदानमा आएका छन् श्रेष्ठ । एनआएनए इंग्ल्याण्डको वर्तमान कार्यसमितिमा अध्यक्ष रहेका उनले आफ्नो क्रियाशिलताबाट धेरैको मन जितेका छन् ।  

यसअघि सन् २०१५-१७ मा मुछेत्र गुरुङको कार्यकालमा कोषाध्यक्षका रुपमा श्रेष्ठले निभाएको भूमिकाबाट पनि उनलाई एनआरएनए यूके वृत्तमा चर्चा र लोकप्रियता दिलाएको थियो ।  

श्रेष्ठले एनआरएनएबाहेक बुद्ध फाउन्डेसन यूके, कपिलवस्तु समाज यूकेसहितका संस्थाको सम्हालिसकेका छन् भने बेलायत तथा नेपालस्थित कयौं सामाजिक संस्थामा आबद्ध रहेर परोपकारी कार्यहरुमा पनि निरन्तर सक्रिय रहंदै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू