शनिबार, वैशाख ८, २०८१
11:21 | १६:०६

तिम्रो आगमन

नेपाली लिङ्क जुन २५, २०२१

विशाल आकाशमा पंछीजस्तै उडिरहने तिमी

कहिले मेघ झैं गर्जने अनी बर्षने तिमी

म माया की प्यासी धर्तीलाई

अविरलप्रेमको वर्षात गर्ने

मेरो मनको आकाशमा 

बादल बनी आयौ तिमी

तिम्रो न्यानो स्पर्शको परिकल्पनामा

सितार झैं झंकृत हुन्छ यो मन

बितेका पलको यादहरुमा 

तरंगित हुन्छ यो तन

मन मोहक तिमी, मन मोहक तिम्रा ती सबै धुनहरु

आफ़्नो नेपालीपन बोकेको 

मादल बनी आयौ तिमी

समुद्री किनारमा बजारिएकी

घाइते माछा सरी

अवसरबादीहरुबाट डराएक़ी

ठूलै लहर बनी आएर बगाई

आफूमा समाहित गर्ने

सागर बनी आयौ तिमी

गंतव्यहीन र नितान्त एक्लोपनाको

रापमा पिल्सिंदा

मार्गदर्शक बनी सुख दियौ

बिना शर्त मेरा सारा पीर

शिवजीले विष पिए झैं पिएर

मेरो आत्मबिश्वास जगाएर

मेरो भगवान भई आयौ तिमी

-कविता खड़का बिष्ट, काठमाडौँ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू