बुधबार, वैशाख १२, २०८१
16:59 | २१:४४

राससको महाप्रबन्धकमा सिद्धराज राई नियुक्त  

रासस जुन २४, २०२१

काठमाडौँ  । राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन् । भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारीले बधाई दिए भने उपस्थित विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरे ।

सो अवसरमा महाप्रबन्धक राईले राससको समाचार सेवालाई गुणस्तरीय, प्रभावकारी र छिटोछरितो बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यरत समाचारदाता तथा पत्रकारलाई स्रोत साधनसम्पन्न बनाउन सके मात्र गुणस्तरमा सुधार हुने बताए ।

धनकुटाको शहीदभूमि गाउँपालिका–३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने ‘न्यूज टाइम्स’ साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उनले पत्रकारिता गरेका थिए ।

राईले काठमाडौँबाट निस्कने ‘नेपाल समाचारपत्र’ दैनिक, ‘नागरिक दैनिक’ र ‘देखापढी’ डटकममा काम गरिसकेका छन् । उनी आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू