शनिबार, वैशाख ८, २०८१
00:12 | ०४:५७

प्रवास समितिको सहयोगमा माओवादी केन्द्रले पठायो सातै प्रदेशमा स्वास्थ्य सामग्री

रासस जुन ७, २०२१

पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २०, एन्टिजेन ६० बट्टा (कूल तीन हजार ) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिण्डर ४० लिटरको ३०, अक्सिजन सिलिण्डर १० लिटरको १० र पिपिई सेट ७०० विभिन्न स्रोतबाट प्राप्त गरेको थियो । ती स्वास्थ्य सामग्री सम्बन्धित प्रदेश इञ्चार्ज मार्फत पठाइएको सो पार्टीले जनाएको छ ।

यस्तै, सर्जिकल ग्लब्स ४५ र स्यानिटाइजर २०० रहेका छन् । ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन् ।

यस्तै, स्वास्थ्य विभाग र संगठनबाट प्राप्त सर्जिकल मास्क आठ हजार २०० , पीपीइ गाउन ४०० लगायतका स्वास्थ्य सामग्री पठाइएको छ । सो अवसरमा अध्यक्ष दाहालले सहयोग उपलब्ध गराइदिने छिमेकी मित्र राष्ट्र चीन, पार्टीको प्रवास समिति तथा सहयोगदाताप्रति पार्टीको तर्फबाट धन्यवाद दिए ।

कोरोना महामारीको विषम परिस्थितिमा आम जनस्वास्थ्यलाई गम्भीरतापूर्वक ध्यान पुरयाउन गम्भीर ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले कोरोना सङ्क्रमित सबैको स्वास्थ्यको कामना समेत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू