बिहीबार, वैशाख १३, २०८१
06:29 | ११:१४

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

नेपाली लिङ्क मे ६, २०२१

काठमाडौं । नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । 

८४ वर्षीय प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा बिहीबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

छातीमा समस्या देखिएपछि केही दिनअघि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो ।  

वि. सं. १९९४ मा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका गायक प्रधानले नेपाली सांगीतमा थुप्रै कालजयी गीतहरु दिएका छन्   

उनले गाएका घुम्तीमा नआउ है, यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायत कयौं गीत सदाबहार लोकप्रिय छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू