बिहीबार, वैशाख ६, २०८१
10:04 | १४:४९

लन्डन निवासी अभिनेता दत्तलाई उत्कृष्ट अभिनेताको अवार्ड

नेपाली लिङ्क मे ५, २०२१

लन्डन । लन्डन निवासी अभिनेता ध्रुब दत्तले नेपालमा सम्पन्न ‘सर्ट फिल्म अवार्ड २०७७’ मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् ।

स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसद्वारा बैशाख १४ गते आयोजित प्रतियोगितामा १९ सहभागी मध्ये बेलायतमा निर्मित सर्ट फिल्म ‘सहारा’ बाट दत्तले सो अवार्ड हात पारेका हुन् ।

लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउंदै आएका दत्त यहां पनि चलचित्र र म्यूजिक भिडियोतिर सक्रिय छन् । दत्तले तीन घुम्ती, आवेग, वीरताको चिनोलगायत दर्जनौं ठूलो पर्दाका फिल्ममा सानो ठूलो अभिनय गरिसकेका छन् ।

आफ्नो अभिनयबाट दर्शकको मन जित्न सफल दत्तले प्रवासमा रहेर  पनि निरन्तर नेपाली कलारितालाई योगदान पुरयाउंदै आएका छन् ।

प्रतियोगितामा ८ वटा सर्ट फिल्म चयन भएको कार्यक्रम निर्देशक एवम् नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताए ।

त्यस्तै अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । अभिनेता खनालले पहिलो पटक निर्देशन मै यो अवार्ड जितेका हुन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्र प्रसाद कँडेल निर्मित देशमाथिले जितेको छ ।

जसमध्ये त्यस्तै उत्कृष्ट सर्ट फिल्म कथाकारका रुपमा पुरु राईले अवार्ड हात पारे । बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू