शुक्रबार, चैत १६, २०८०
08:50 | १४:३५

बेलायतमा घटे सक्रिय संक्रमित, ४५ मिलियन डोज खोप वितरण

४० जनाको मृत्यु

नेपाली लिङ्क अप्रिल २३, २०२१

लन्डन । बेलायतमा कोरोनाका सक्रिय  संक्रमित निरन्तर घट्दै  गएको बीबीसीले जनाएको छ । हाल बेलायतमा सक्रिय संक्रमितको संख्या ९६ हजार ३४९ मा झरेको छ ।

राष्ट्रिय तथ्यांकको कार्यालयले जनाए अनुसार बेलायतमा हाल ६१० जनामध्ये एक जनामा कोरोना भाइरस छ ।

बितेको २४ घन्टामा दुई हजार ६ सय ७८ जना नयां संक्रमित थपिएका छन् । यससंगै बेलायतमा संक्रमितको संख्या ४४ लाख १ हजार १०९ पुगेको छ ।

हालसम्म ४१ लाख ७७ हजार ३७५ जना कोरोना संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ ।

योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार ३८५ पुगेको छ । तर, मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या एक लाख ५० हजार ८४१ पुगेको छ ।

पछिल्लो एक सातामा बेलायतमा कोरोनाका कारण १६२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १७४ संक्रमित अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा उपचार गराइरहेका कोरोना बिरामीको संख्या एक हजार ८ सय ७९ छ ।

४ करोड ५० लाख बढी खोप वितरण

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि चार करोड ५० लाख १२ हजार ३०८ डोज खोप वितरण भएको छ ।

तीन करोड ३३ लाख ८८ हजार ६३७ जनाले खोपको पहिलो र एक करोड १६ लाख २३ हजार ६७१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू