शनिबार, वैशाख ८, २०८१
12:31 | १७:१६

नेपालमा एकैदिन दुई हजार तीन सय बढी संक्रमित    

रासस अप्रिल २१, २०२१

काठमाडौँ–कोभिड– १९ संक्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक संक्रमित हुनेको संख्या बढिरहेको जानकारी दिए ।

उनले आज मात्र दुई हजार ३५१ मा संक्रमण देखिएको जानकारी दिए । हिजो (मङ्गलबार) एक हजार ७३६ जना संक्रमित थपिएका थिए । यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा संक्रमण देखिएको थियो ।

आठ हजार ८८४ नमुनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना संक्रमित भएका छन् ।

काठमाडौँ उपत्यकामा एक हजार ५१ मा संक्रमण देखिएको छ । गौतमका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौंमा ७८६ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले बुधबार २८७ जना उपचारपछि घर फर्किएका जनाए । अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । संक्रमण मुक्त हुने दर ९७.३ प्रतिशत छ ।

अहिलेसम्म सक्रिय सङ्क्रमितको संख्या १० हजार ५८२ जना, संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् । यस्तै संक्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

यस्तै विगत २४ घण्टामा संक्रमणबाट छ जनाको निधन भएको छ । अहिलेसम्म तीन हजार ११२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा संक्रमण देखिएको गौतमले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू