बुधबार, वैशाख १२, २०८१
04:30 | ०९:१५

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता  

रासस अप्रिल २१, २०२१

काठमाडौँ– लामो समयपछि नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो ।

दुई शीर्ष नेताबीच पार्टीभित्र देखिएका अन्तरसंघर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श शुरु भएको हो । गत पुस ५ गते प्रतिधिसभा विघटनपश्चात उनीहरूबीच संवाद हुन सकेको थिएन ।

यसअघि स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग भेट गरी पार्टीभित्रका विवाद अन्त्यका लागि विशेष पहल लिन आग्रह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू