बिहीबार, वैशाख ६, २०८१
15:55 | २०:४०

नेपालमा संक्रमण बढ्दै, नौ वर्षका बालबालिका पनि संक्रमित

२४ घन्टामा ८४३ संक्रमित

नेपाली लिङ्क अप्रिल १७, २०२१

काठमाडौँ । कोभिड–१९ को संक्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा संक्रमण देखिएको हो । शुक्रबार भने ९०० जनामा संक्रमण देखिएको थियो । आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा संक्रमण देखिएको छ ।

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन् । यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन् ।
२२६ जना निको 
यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ९७ प्रतिशत छ । यसैगरी संक्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ ।
यसैगरी संक्रमितमध्ये १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
प्रदेश नं १ र २ मा दुई÷दुई, वाग्मती प्रदेशमा ४६, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा दुई जना सघन उपचार कक्ष उपचार गराइरहेका छन् ।
यस्तै प्रदेश नं १ मा एक, वाग्मती प्रदेशमा २१, गण्डकी प्रदेशमा एक, लुम्बिनी प्रदेशमा १२ र सुदूपश्चिम प्रदेशमा तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । होम आइसोलेशनमा पाँच हजार ४०१ र संस्थागत आइसोलेशनमा ५०७ रहेका छन् ।
सीमानाकामा ६४ मा संक्रमण
यस्तै मन्त्रालयले नेपाल भारतका नौ सीमानाका ६२१ को एन्टिजेन परीक्षण गर्दा ६४ मा संक्रमण देखिएको जनाएको छ । बेलहैया हेल्थ हेस्क रुपन्हेदीमा एक, गड्डाचौकी हेल्थ डेस्क कञ्चनपुरमा नौ, कृष्णनगर हेल्थ डेस्क कपिलवस्तुमा एक, रानी हेल्थ डेस्क मोरङमा छ र त्रिनगर हेल्थ डेस्क कञ्चनपुरमा ४७ मा सङ्क्रमण देखिएको छ । अहिलेसम्म तीन सीमानाकामा ६६५ मा सङ्क्रमण देखिएको जनाइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू