शुक्रबार, वैशाख १४, २०८१
03:27 | ०८:१२

विश्वका अर्बपतिको सूचीमा विनोद चौधरीको स्थान खस्कियो

नेपाली लिङ्क अप्रिल ७, २०२१

लन्डन । विश्वका धनाढ्य् अर्बपतिहरुको सूचीमा पर्न सफल एक मात्र नेपाली हुन् विनोद चौधरी ।  

फोर्ब्स पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्दै आएको संसारभरका अर्बपतिको सूचीमा सन् २०१३ देखि यी नेपाली अर्बपतिले पनि स्थान ओगट्दै आएका छन् ।  

यस वर्षको फोर्ब्सको सूचीमा भने चौधरीको स्थान केही खस्किएको छ । गत वर्ष १५ सय १३ औं स्थानमा रहेका उनी अहिले २१ सय ४१ औं स्थानमा पुगेका छन् ।  

स्थान खस्किएपनि चौधरीको सम्पत्ति भने घटेको छैन । यस वर्ष उनको कुल सम्पत्ति १ दशमलव ४ अर्ब डलर छ । जुन अघिल्लो वर्ष पनि समान थियो ।  

केही वर्षअघि लगातार बढ्दै गएको उनको सम्पत्ति दुई वर्षदेखि भने यथावत देखिएको छ ।  

चौधरीको नबिल बैंक, सिजी फुड लगायत कम्पनीमा ठूलो लगानी छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू