शुक्रबार, चैत १६, २०८०
21:25 | ०३:१०

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

रासस अप्रिल ७, २०२१

सांकेतिक तस्विर

प्यूठान । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । अहिले प्रहरी घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू