शनिबार, वैशाख १५, २०८१
02:49 | ०७:३४

कास्कीकी कांग्रेस नेतृ गुरुङ सम्मानित

नेपाली लिङ्क अप्रिल ३, २०२१

पोखरा । नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति कास्कीले सम्मान गरेको छ । नयाँ वर्ष शुभकामना आदान प्रदान कार्यक्रममा नेतृ गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको हो ।

समाज परिवर्तनका लागि विभिन्न सामाजिक क्रियाकलापमार्फत् नेतृ गुरुङले गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।

माछापुछ्रे गाउंपालिका ८ की स्थायी बासिन्दा गुरुङले यसअघि पनि  संरक्षण पुरस्कार २०५१ तथा गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा माइती नेपालबाट सम्मान पाइसकेकी छन् ।

संघले गुरुङको सुख, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग मिल्ने विश्वास पनि व्यक्त गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र कास्की कांग्रेसकी नेतृ सरस्वती गुरुङका साथै कांग्रेस एवम् नेपाल तरुण दलसहित विभिन्न भातृ संगठनका कार्यकर्ताहरु, समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति कास्कीका सभापति आशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव विष्णु कुमार श्रेष्ठले  संचालन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू