बिहीबार, वैशाख १३, २०८१
18:15 | २३:००

बङ्गलादेशमा कोरोनाबाट एकैदिन ५ हजार बढी संक्रमित, अहिलेसम्मकै धेरै

रासस-सिन्ह्वा) मार्च २९, २०२१

ढाका । बङ्गलादेशमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारीअनुसार दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ ।

स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८१ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्च ८ मा कोरोनाभाइरस महामारी सुरुभएदेखिकै सबैभन्दा धेरै भएको उनीहरूको भनाइ छ ।

महामारी नयाँ उचाइमा पुगेको भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले थप सतर्कता अपनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

बङ्लादेशका कोरोनाभाइरसबाट अहिलेसम्म कूल छ लाख ८९५ जना सङ्क्रमित भएका छन् भने आठ हजार ९४९ जनाको मृत्यु भएको छ । सोमबार मात्रै ४५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८ हजार १९५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिलेसम्म बङ्लादेशमा पाँच लाख ३८ हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये सोमबार मात्रै दुई हजार ७७ जना सङ्क्रमणमुक्त भएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू