शुक्रबार, चैत १६, २०८०
18:47 | ००:३२

इंग्ल्याण्डका स्कुल पाठ्यक्रममा ‘मुन्नी बद्नाम हुई’

नेपाली लिङ्क मार्च २९, २०२१

लन्डन । भारतीय शास्त्रीय संगीत, बलिवुड हिट्स र भाङ्ग्रा बिट्स लगायत संगीतलाई इंग्ल्याण्डले स्कुलको पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशन (डीएफइ) ले इंग्ल्याण्डका सबै स्कुलमा लागू हुनेगरी युवाहरुलाई लक्षित गरि शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ ।

जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा समावेश गरिएको छ ।

यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ । उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका हुन् । यसलाई विद्यालयमा उच्चस्तरीय संगीत शिक्षा दिनका लागि डिजाइन गरिएको हो ।

सलमान खानको चलचित्र ‘दबङ’को ‘मुन्नी बदनाम हुई’ का साथै एआर रहमानले कम्पोज गरेको ‘जय हो’, अनुष्का शंकरको ‘इन्डियन समर’ र किशोरी अमोनकरको ‘सहेली रे’ पनि पाठ्यक्रममा सामेल गरिएको छ ।

संगीतले व्यक्ति र समुदायलाई एकजुट गर्नुका साथै आनन्द र सान्त्वना समेत दिन्छ । यस नयां पाठ्यक्रमले विद्यार्थीहरुको लागि उच्च गुणस्तरको संगीत शिक्षा प्रदान गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू