शुक्रबार, वैशाख ७, २०८१
15:03 | १९:४८

विप्लवसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन

रासस मार्च २, २०२१

वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्य प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

वार्ताका माध्यमबाट नै समस्या समाधान गर्ने नेपाल सरकारको निर्णयानुरुप गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ता टोली मंगलबार गठन गरिएको हो ।

नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले एक पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको घोषणा गरेका हुन् । उनले वार्ताको लागि विप्लव समूहबाट पनि चाँडै वार्ता टोली सार्वजनिक हुने र वार्ता अघि बढ्ने जानकारी दिए ।

सबै सशस्त्र समूहलाई वार्ताकै माध्यमबाट शान्तिपूर्ण बाटोमा फर्काउने सरकारको नीतिअनुसार विप्लव समूहसंग वार्ता हुन लागेको मन्त्री गुरुङले बताए ।

यसैबीच, नेकपा प्रचण्ड माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र विप्लवबीच सांच्चिकै वार्ता हुन लागेमा आफूहरुले पनि स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । तर, वार्ताको हल्ला फिंजाएर ‘स्टन्ट’ मात्रै गर्न खोजिएको हो कि भन्ने आशंका समेत उनले व्यक्त गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू