बिहीबार, वैशाख १३, २०८१
04:43 | ०९:२८

बेलायती प्रहरीलाई धन्यवाद दिँदै स्वीण्डनका नेपालीले गराए भोजन

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१


लन्डन । बेलायतको विल्शायरस्थित नेपाली समाज विल्शायर स्वीण्डनले शनिबार स्थानीय प्रहरीलाई निशुल्क भोजन गराएको छ ।  

महामारीको बेला ‘फ्रन्टलाइन’ मा खटिएर सेवा दिने प्रहरीलाई धन्यवादस्वरुप खाना वितरण गरिएको हो ।  

केही साताअघि पहिलो चरणमा जस्तै शनिबार दोस्रो चरणमा पनि ६० प्रहरीलाई भोजन गराइएको समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले नेपाली लिँकलाई बताए । समाजले पछिल्लो समय फ्रन्टलाइनर स्वास्थ्यकर्मी र सडक जीवन बिताइरहेका स्थानीयलाई पनि खाना वितरण गरिसकेको छ ।  

प्रहरीलाई भोजनका लागि स्थानीय मम किँग रेष्टुरेन्टका सुशील पौडेल, याक द हिमालयन किचनका अर्जुन गुरुङ, दिवाली रेष्टुरेन्टका दिपेन्द्र गुरुङ, याम आचार्य र गंगा कंडेल तथा क्याभेन्डिस् ग्रोसरीका दिलकुमार खुजुम लिम्बूले प्रायोजन गरेका थिए 

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङ र श्रीमती उन्नति गुरुङ, सचिव भवानीप्रसाद गुरुङ, सहसचिव विष्णु गुरुङ, महिला संयोजक तीजु गुरुङ, खाना संयोजक तिल मगर र प्रायोजक व्यवसायीहरु प्रहरी स्टेसन पुगेर खाना वितरणका गरेका थिए ।

समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङले महामारीविरुद्धको लडाईंमा नेपाली समुदायको पनि ऐक्यबद्धता र समर्थन जनाउन समाजले कोशिश गर्दै आएको बताए ।

’फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, प्रहरीलाई समाजका तर्फबाट धन्यवाद व्यक्त गर्दा उनीहरु निकै खुशी र उत्साहित बन्ने गरेको पायौं’, उनले भने, ‘उनीहरुले नेपालीहरुको हार्दिकता विशेष रहेको भन्दै प्रशंसा गर्ने गरेका छन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू