शनिबार, साउन १२, २०८१
06:36 | ११:२१

बेलायतमा थप १२ हजार संक्रमित

४५४ जनाको मृत्यु

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२१

लन्डन । पछिल्लो २४ घन्टामा बेलायतमा १२ हजार नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ को तथ्यांकमा उल्लेख छ  । १२ हजार ५७ जना नयां संक्रमित थपिएसंगै संक्रमित हुनेको संख्या ४० लाख ८३ हजार २४२ पुगेको छ ।

विगत केहि दिनयता संक्रमण दरमा कमी आएको ताथ्यांकले देखाएको छ ।

यसैगरी बितेको २४ घन्टामा ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्यामा पनि निरन्तर कमी आउदै गएको छ । बिहीबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कुल मृतक संख्या एक लाख १९ हजार ३८७ पुगेको छ ।

हाल जारी लकडाउन र कोरोना विरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएसंगै पछिल्लो समयमा कोरोना संक्रमण र मृत्यु दरमा कम आएको अधिकारीहरुले बताएका छन् ।

बेलायतको अस्पतालमा बढेको अत्यधिक चाप पनि अहिले निकै कम भएको छ । अघिल्लो महिना अस्पतालमा उपचार गराउनेको संख्या ४० हजार नाघेकोमा अहिलो यो संख्या घटेर २० हजारको हाराहारीमा पुगेको छ ।

यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि करिब एक तिहाइ घटेर दुई हजार छ सयको हाराहारीमा पुगेको छ ।

एक करोड ६४ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ६४ लाख बढीले खोप लगाएका छन् ।

बिहीबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म एक करोड ६४ लाख २३ हजार ८२ जनाले खोपको पहिलो डोज लिएका छन् । यसैगरी पांच लाख ७३ हजार ७२४ जनाले खोपको दोस्रो डोज लिइसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू