बिहीबार, चैत १५, २०८०
16:25 | २२:१०

विश्वभर कोरोनाबाट २४ लाख बढीको मृत्यु

११ करोड बढी संक्रमित

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२१

लन्डन । कोरोना भाइरस (कोभिड १९) का कारण  विश्वभर मृत्यु हुनेको संख्या २४ लाख नाघेको छ । वर्ल्डओमिटरको पछिल्लो तथ्याँक अनुसार हालसम्म विश्वभर २४ लाख ३२ हजार मानिसको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा पांच लाख भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा बढी मृत्यु हुने मुलुकमा पर्दछ । ब्राजिलमा पनि दुई लाख ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैगरी मृतक संख्याको आधारमा  मेक्सिको, भारत र बेलायत क्रमश: तेस्रो चौथो र पाँचौं स्थानमा पर्दछन । पाँचौं स्थानमा रहेको बेलायतमा पनि एक लाख १८ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

यसैगरी विश्वभरमा कोरोना संक्रमित हुनेको संख्या पनि ११ करोड नाघिसकेको छ । बुधबार सार्वजनिक पछिल्लो तथ्याँक अनुसार हालसम्म ११ करोड एक लाख ३३ हजार ५९ जना मानिसहरु संक्रमित भइसकेका छन् ।

संक्रमित संख्याको आधारमा पनि अमेरिका अग्रपंक्तिमा पर्दछ । अमेरिकामा हालसम्म दुई करोड ८३ लाख ८२ हजार भन्दा बढी संक्रमित भइसकेको तथ्याँकले देखाएको छ ।

त्यस्तै भारतमा एक करोड नौ लाख ३७ हजार भन्दा बढी संक्रमित भएका छन् । ब्राजिलमा झन्डै एक करोड संक्रमित पुगेका छन् ।

यसैगरी रसियामा ४१ लाख १२ हजार संक्रमित बहेका छन् भने बेलायतमा पनि ४० लाख ५८ हजार संक्रमित रहेको तथ्यांकले देखाएको छ । हालसम्म विशेभर ८ करोड ४९ लाख ५८ हजार भन्दा बढी संक्रमित निको भएका छन् ।

दुई करोड २७ लाख ४३ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको पनि वर्ल्डओमिटरको तथ्यांकले देखाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू