बुधबार, वैशाख १२, २०८१
08:24 | १३:०९

बेलायतमा एक करोड खोप वितरण

नेपाली लिङ्क फ्रेब्रवरी २, २०२१

लन्डन । बेलायतमा मंगलबारसम्म कोरोनाविरुद्ध एक करोड भन्दा बढी खोप वितरण गरिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले मंगलबार सो जानकारी दिएको हो ।

पछिल्लो तथ्याँक अनुसार हालसम्म ९६ लाख ४६ हजार ७१५ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये चार लाख ९६ हजार ७९६ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धका दुई खोप तीव्र रुपमा वितरण भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू