शुक्रबार, वैशाख ७, २०८१
02:17 | ०७:०२

बेलायतमा ७४ लाख भन्दा बढीले लगाए कोरोना खोप

नेपाली लिङ्क जनवरी २८, २०२१

लन्डन–बेलायतमा बिहीबारसम्म ७४ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

पछिल्लो जानकारी अनुसार बेलायतमा हालसम्म ७४ लाख ४७ हजार १९९ जनाले खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७६ हजार २९८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर-बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ ।

संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसंगै खोप अभियानलाई पनि अघि बढाइएको छ । खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले वितरण केन्द्रसमेत वृद्धि गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू