शुक्रबार, वैशाख ७, २०८१
00:27 | ०५:१२

डोनाल्ड ट्रम्पले छाडे ह्वाइटहाउस

नेपाली लिङ्क जनवरी २०, २०२१

न्यूयोर्क ।  अमेरिकी राष्ट्रपतिको रुपमा पदावधि सकिन केही घण्टाअघि डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छाडेका छन् 

ह्वाइटहाउसबाट बाहिर निस्कदै गर्दा उनले ४५ औं राष्ट्रपतिका रुपमा सेवा गर्न पाउनु आफ्ना लागि ठूलो सम्मान रहेको बताए ।

यो आफ्ना लागि जीवनभरका लागि सम्मान भएको उनले बताए । तर उनले यो बिदाई धेरै लामो नहुने आशा व्यक्त गरे ।

त्यसपछि उनी सेनाको हेलिकोप्टरमार्फत ज्वाइन्ट बेस एन्ड्रयु  क्याम्पमा आए । ज्वाइन्ट बेस एन्ड्रयु  क्याम्पमा उनका लागि बिदाई कार्यक्रम राखिएको हो ।

त्यहाँ बोल्दै मेलानिया ट्रम्पले प्रथम महिलाको रुपमा सेवा गर्न पाउनु आफ्ना लागि सम्मानको कुरा भएको बताइन् । डोनाल्ड ट्रम्पले आफ्ना छोराछोरीहरुलाई धन्यवाद दिए ।

राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनका रुपमा ट्रम्पले नयाँ बाइडेन प्रशासनलाई गुडलक भन्दै सधै लडिरहने प्रतिबद्धता जनाए । उनले भने – ‘तपाईहरु एकदमै राम्रो जनताहरु हुनुहुन्छ । यो महान महान देश हो । तपाईहरुको राष्ट्रपति हुन पाउनु मेरा लागि ठूलो सम्मान हो ।’

ट्रम्पले ह्वाइटहाउसबाट निस्कने बेलामा जो बाइडेनका लागि एउटा नोट छाडेको जनाइएको छ । तर नोटमा के उल्लेख छ भन्नेबारे केही बताइएको छैन । नयाँ राष्ट्रपतिका लागि पदावधि सकिन लागेका राष्ट्रपतिले पत्र छाडेर जाने प्रचलन रहेको छ ।

ज्वाइन्ट बेस एन्ड्रयुजमा बिदाई कार्यक्रमपछि ट्रम्प एयरफोर्स वानमार्फत फ्लोरिडातिर लागेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू