शुक्रबार, चैत १६, २०८०
08:32 | १४:१७

बेलायतमा निधन भएकी चन्द्रमायाको स्मृतिमा नेपालमा सहयोग

नेपाली लिङ्क जनवरी १८, २०२१

लण्डन । गत महिना निधन भएकी तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङकी पत्नी स्वर्गीय चन्द्रमाया गुरुङको स्मृतिमा नेपालमा सहयोग गरिएको छ । चन्द्रमायाको आत्माको शान्तिको कामना गर्दै उनका सहकर्मीहरुले बेलायतमा उठाएको २ लाख १८ हजार रुपिया नेपाल पठाइएको हो ।

स्वर्गीय चन्द्रमाया कार्यरत रहेको रेडिङको बर्कशायर अस्पतालका सहकर्मीहरुले उक्त रकम संकलन गरेका थिए । रकम संकलनको संयोजन यमकुमारी थापा र उषा गुरुङले गरेका थिए ।

रमेश प्रसाईंपत्नी नन्दा सिंहद्धारा सञ्चालित अनाथ आश्रमका लागि एक लाख, एक क्यान्सर पीडितलाई ५० हजार, रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई ५० हजार र ईन्द्रेणी कार्यक्रमका कृष्ण कंडेललाई १८ हजार सहयोग गरिएको हो ।

सहयोग रकम सोमबार नेपालमा हस्तान्तरण भइसकेको छ ।

चन्द्रमायाको अल्पायुमै भएको निधनबाट शोकमा परेका सहकर्मीले उनको स्मृतिमा सामाजिक कार्यमा सहयोग गरेका हुन् । स्वर्गीय चन्द्रमायाका पति एवम् तमु धिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङले शोकका बेला रचनात्मक शैलीमा सामाजिक कार्यमा सहयोग गर्ने चन्द्रमायाका सहकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

क्यान्सर रोगबाट थलिएकी चन्द्रमायाको ५० वर्षको उमेरमै डिसेम्बर पहिलो साता निधन भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू