शनिबार, वैशाख ८, २०८१
08:32 | १३:१७

नेपालमा थप २७० संक्रमित, पाँचको मृत्यु

  दुई लाख ६० हजार ५६७ निको भए

रासस जनवरी १५, २०२१

काठमाडौँ  । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीनहजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्ये निको हुने दर ९७.७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । अहिले देशभर चार हजार ३०१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।

हालसम्म २० लाख पाँच हजार १२५ को पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ५९ महिला र ११३ पुरुष रहेका छन् ।

थप पाँचको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू