बुधबार, वैशाख २६, २०८१
19:13 | २३:५८

बेलायतमा ४ दिनको फरकमा नेपाली दम्पतिको निधन

पत्नीलाई कोरोना, पतिलाई जन्डिस

नेपाली लिङ्क जनवरी ७, २०२१

लण्डन । बेलायतमा ४ दिनको अन्तरमा एक नेपाली दम्पतिको निधन भएको छ ।

कोरोना संक्रमित पत्नीको उपचारका क्रममा निधन भएको अस्पतालमै ४ दिनपछि पतिको पनि निधन भएको हो ।  

मृतकको परिवारनिकट हङकङ नेपाली मञ्च यूकेका अध्यक्ष ह्यारी गुरुङका अनुसार केन्टको ‘मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटल’ मा उपचारकै क्रममा पत्नीको गत आइतबार निधन भएको थियो । सोही अस्पतालमा उपचाररत पतिको बिहीबार बिहान निधन भएको हो ।  

मृतक दम्पति दुबैजनाको उमेर ५० वर्ष आसपासमा रहेको उनले जानकारी दिए ।  

पत्नीको निधन कोरोना संक्रमणबाट भएपनि पतिको भने जन्डिस र लिभरको समस्याका कारण मृत्यु भएको हो   

४ दिनको अन्तरमा दम्पतिकै निधन भएपछि बेलायतको नेपाली समुदाय शोकमग्न बनेको छ ।

उनीहरु आबद्ध रहेका गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके सहितका संस्थाले शोक व्यक्त गरेका छन्   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू