शुक्रबार, वैशाख १४, २०८१
23:00 | ०३:४५

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा नयाँ कार्यसमिति

नेपाली लिङ्क डिसेम्बर २१, २०२०

लण्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार भर्चुअल माध्यमबाट सम्पन्न संस्थाको अधिवेशनले गणेश राईको अध्यक्षतामा चौंथो कार्यसमिति चुनेको हो ।

प्रतिष्ठानको नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष टंक वनेम, महासचिव देवेन्द्र खेरेस राई, सचिव नरेश नाती, सहसचिव अञ्जु अञ्जली, कोषाध्यक्ष चोक गुरुङ र सहकोषाध्यक्ष निर्मला परिवेश छन् ।

अध्यक्ष निर्वाचित राई निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् ।

अधिवेशनले यसअघि रहंदै आएको कार्यसमितिको ४ वर्षे कार्यकाललाई १ वर्ष घटाएर अबदेखि ३ वर्ष बनाउने निर्णय गरेको छ ।

सन् २००८ मा स्थापित प्रतिष्ठानले स्थापनाभएता हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानले वर्षेनी एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्याइरहेका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रटालाई प्रतिभा सम्मान प्रदान गरिंदै आएको छ ।

त्यस्तै, प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति श्रृंखला आयोजना गर्दै आएको छ । नेपाली साहित्य, कला, संगीतमा सक्रिय प्रतिभाशाली स्रष्टालाई एकल प्रस्तुतिका लागि प्लेटफर्म उपलब्ध गराइने यो कार्यक्रम प्रतिष्ठान जन्मिनु एक वर्षअघि सन् २००७ देखि नै निरन्तर हुंदै आएको छ ।

प्रतिष्ठानमा बेलायतमा रहेर पनि नेपाली साहित्य, कला तथा संगीत क्षेत्रमा निरन्तर सक्रिय स्रष्टाहरु आबद्ध छन् ।

यो पनि पढौं : प्रतिभा प्रतिष्ठान बेलायतको प्रतिभा सम्मान र पुरस्कार डा विमल र तुम्खेवालाई

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू