शुक्रबार, वैशाख ७, २०८१
22:02 | ०२:४७

प्रधानमन्त्री ओलीद्वारा आज विशेष सम्बोधन

रासस डिसेम्बर २१, २०२०

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।

प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू