बुधबार, वैशाख १२, २०८१
01:45 | ०६:३०

नेपालमा कोरोनाका कारण एक हजार ७४९ को मृत्यु

२४ घन्टामा थप छ जनाको मृत्यु

नेपाली लिङ्क डिसेम्बर १७, २०२०

काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक हजार ७४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा थप ९४७ जना नयां कोरोना संक्रमित थपिएका छन् ।

यससंगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ५१ हजार ६९२ पुगेको छ । पछिल्लो २४ घण्टामा छ हजार ५८८ जनाको परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको हो ।

नेपालमा हालसम्म १८ लाख ५५ हजार ७२४ जनामा पीसीआर परीक्षण गरिसकिएको छ । यसैगरी  कोरोना संक्रमणमुक्त  हुनेको संख्या दुई लाख ४० हजार ३६३ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेहरुमा ४६८ पुरुष र ३०८ महिला छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या नौ हजार ५८० छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या  एक हजार ७४९ पुगेको छ ।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५८० छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू