बिहीबार, चैत १५, २०८०
16:23 | २२:०८

नेपालमा थप ९३६ संक्रमित  

संक्रमित संख्या दुई लाख ५० हजार १८०

रासस डिसेम्बर १५, २०२०

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १८० पुगेको छ । अहिले देशभर नौ हजार ८८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ ।

कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८ जना सङ्क्रमित थपिएका छन् ।

थप १४ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७७० पुगेको छ । होम आइसोलेसनमा छ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु)मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू