शनिबार, वैशाख ८, २०८१
20:31 | ०१:१६

बेलायतमा जन्मियो ‘नेपाल फिल्म सोसाइटी’ को यूके शाखा

जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन

नेपाली लिङ्क डिसेम्बर ९, २०२०

लन्डन । बेलायतमा ‘नेपाल फिल्म सोसाइटी’ को यूके शाखा गठन भएको छ । सोसाइटीको केन्द्रीय कार्यालयबाट शाखा खोल्ने अनुमति पाएपछि बेलायत निवासी कलाप्रेमी जानकी पन्त जुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदाश जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर रहेको अध्यक्ष पन्तले जनाइन् ।

सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ चयन भएका छन् ।

नेपाली कलाकार तथा चलचित्रकर्मीहरुलाई एकवद्ध गराउंदै आगामी दिनमा नेपाल फिल्म सोसाइटीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि पर्ने र नेपाली चलचित्रकर्मीको उत्थानमा आफ्नो योगदान रहने अध्यक्ष जानकीले बताइन् ।

नेपाली कला संस्कृति र चलचित्र क्षेत्रलाई विश्वव्यापी बनाउने उद्देश्यले यूके शाखा गठन गरिएको जानकीको भनाइ छ ।

विभिन्न मुलुकमा छरिएर रहेका चलचित्रकर्मीलाई एकवद्ध पार्ने उद्देश्यले अमेरिका पछि बेलायतमा पनि शाखा विस्तार गरिएको र यसलाई अन्य मुलुकमा समेत विस्तार गर्दै लैजाने सोसाइटीका अन्तराष्ट्रिय संयोजक नायक तथा निर्माता नवराज श्रेष्ठले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू