शनिबार, साउन १२, २०८१
06:29 | ११:१४

कोरोनाका कारण विदेशमा २९३ नेपालीको मृत्यु

एकसाताभित्र ८ को ज्यान गयो

नेपाली लिङ्क नोभेम्बर १५, २०२०

लण्डन । कोरोना भाइरसले विदेशमा यो साता थप ८ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपालीको ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोनाका कारण निधन हुने नेपालीको संख्या २ सय ९३ पुगेको छ । संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ ।

ती मध्ये अनुमानित ४१ हजार ४ सय ३९ जना संक्रमण मुक्त भएका छन् । विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

समितिले चाडपर्वका बेला हुने भेटघाट कम गर्न आग्रह गरेको छ । समितिका संयोजक डा. सापकोटाले ‘सोसियल डिस्ट्यान्स’ कायम राख्दै चाडपर्व मनाउन आग्रह गरेका छन्  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू