शनिबार, वैशाख १५, २०८१
05:03 | ०९:४८

रसियाद्वारा विकसित कोरोनाविरुद्धको खोप ९२ प्रतिशत ‘प्रभावकारी’

नेपाली लिङ्क नोभेम्बर ११, २०२०

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपको विकासमा संसारभर दर्जनौं कम्पनी लागि परेका छन् । जसमध्ये रसियाले विकास गरिरहेको ‘स्पटनिक भी’ भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी रहेको दावी गरिएको छ ।

फाइजर र बायोटेक कम्पनीले सोमबार मात्र आफूहरुले विकास गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको जानकारी दिएका थिए 

फाइजर कम्पनीले  सार्वजनिक गरेको अन्तरिम नतिजाको दुई दिनपछि रसियन भ्याक्सिन कम्पनीले ‘स्पटनिक भी’ थप प्रभावकारी रहेको तथ्य सार्वजनिक गरेको हो ।

१६ हजार स्वयंसेवकमा गरिएको तेस्रो चरणको परीक्षण प्रभावकारी रहेको कम्पनीले बताएको छ । परीक्षणबाट प्राप्त नतिजा अनुसार उक्त भ्याक्सिन  ९२ प्रतिशत सफल रहेको कम्पनीले दावी गरेको छ ।

भ्याक्सिन निर्माणमा सहयोग पुर्याउदै आएको कोष ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ (आरडीआईएफ) ले भ्याक्सिनको नतिजा सफल रहेको र यसबाट कुनै प्रतिकुल असर नदेखिएको बताएको छ । यसको अनुगमन जारी रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू