शुक्रबार, चैत १६, २०८०
09:03 | १४:४८

फाइजरले विकास गरेको कोरोना खोप ‘खुशीको खबर’: ट्रम्प

रासस-एएफपी नोभेम्बर ९, २०२०


वासिङ्टन, २४ कात्तिक– औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९० प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ ।

कम्पनीले ४३ हजार ५३८ विभिन्न स्थानका सङ्क्रमितमा औषधिको प्ररीक्षण गरिएको र यसको ९० प्रतिशत सकारात्मक रहेको भन्दै क्लिनिकल परीक्षणलाई अझै जारी राखिएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार खोपको प्रभावकारितासम्बन्धी समाचारलाई ‘खुशीको खबर’ भनेका छन् ।

“खोप छिट्टै आउंदैछ । यसले स्टक बजार ह्वात्तै बढ्नेछ । खोपको प्रभावकारिता ९० प्रतिशतभन्दा बढी पाइएको छ । यो विशेष समाचार हुनसक्छ,” ट्रम्पले खोपको प्रभावकारितासम्बन्धी समाचार सार्वजनिक भएपछि गरेको ट्वीटर सन्देशमा उल्लेख छ ।

ट्रम्प प्रशासनले कोभिड–१९ महामारी नियन्त्रणका लागि आवश्यक कदम नचालेको आरोप अमेरिकीहरूले नै लगाउने गरेका छन् । ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा आएको जनमतलाई पनि यसै विषयसँग जोडेर हेरिएको छ ।

अमेरिकामा अहिलेपनि कोरोनाभाइरस सङ्क्रमण दर उच्च रहेको र यो नियन्त्रणमा आउने कुनै सङ्केत नदेखिएको भनी राष्ट्रपति ट्रम्पको आलोचनासमेत भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू