मंगलबार, वैशाख ४, २०८१
17:39 | २२:२४

कोरोना संक्रमित संख्या पाँच करोड बढी

रासस-एएफपी नोभेम्बर ९, २०२०

न्यूयोर्क   गत वर्ष डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । 

यस भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ संक्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोनामुक्त भएका छन् । 

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनाको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस संक्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस संक्रमित छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना संक्रमित भएका छन् ।बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार  ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति संक्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू