शनिबार, वैशाख ८, २०८१
01:41 | ०६:२६

नेपालमा थपिए दुई हजार ८१७ कोरोना सङ्क्रमित, थप २१ को मृत्यु

रासस नोभेम्बर ८, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ८१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनाको पिसीआर परीक्षण भएको थियो । योसँगै हालसम्म १५ लाख ४० हजार ७७ पिसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप एक हजार ५३३ जनामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा एक हजार २९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना रहेका छन् । आज देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ । उहाँका अनुसार गत बिहीबारदेखि आइतबारसम्मको विवरणमा ४५ हजार ९५५ पिसीआर परीक्षण भएको छ । त्यसमध्ये जम्मा ११ हजार ५३० परीक्षण नतिजा पोजेटिभ आएको छ । उक्त अवधिका डिस्चार्ज हुनेको सङ्ख्या १२ हजार ९४८ छ भने मृत्यु हुनेको सङ्ख्या ७४ रहेको छ । आज संस्थागत आइसोलेशनमा ६ हजार २२२ र १९३ र होम आइसोलेशनमा २९ हजार १९७ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा एक जार १४९ रहेको छ ।

थप २१ को मृत्यु

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या एक हजार १०८ पुगेको छ ।आइसियूमा उपचारत क्रमशः प्रदेश नं. १ मा ४५, प्रदेश नं. २ मा ७, बागमती प्रदेशमा १८०, गण्डकी प्रदेशमा ८९, लुम्बीनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र १५ गरी जम्मा ३९८ जना रहेका छन् । भेण्टिलेटरमा जम्मा ८२ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुने संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुनेदर ८१ दशमलव १ प्रतिशत रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

पाँच सयभन्दा बढी सक्रिय संक्रमित संख्या रहेको जिल्लामा झापा, मोरङ सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की नवलपरासी पूर्व (रुपन्देही) र दाङ रहेको छ । शून्य सङ्क्रमित रहेको जिल्ला मनाङ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू