शुक्रबार, चैत १६, २०८०
08:48 | १४:३३

नेपालका अनाथको सहयोगार्थ बेलायतमा साइकल यात्रा गरिंदै

नोभेम्बर ७ मा वूल्विचदेखि ब्राइटनसम्म साइकल यात्रा

नेपाली लिङ्क अक्टोबर २०, २०२०

लन्डन ।  नेपालका अनाथ बालबालिकाको  सहयोगार्थ बेलायतमा एक च्यारिटी साइकल यात्रा गरिने भएको छ ।  

एनआरएनए इङ्ल्यान्ड राज्य समन्वय परिषदको आयोजनामा आउंदो नोभेम्बर ७ तारिख शनिबार लन्डनको वूल्विचदेखि ब्राइटनसम्मको साइकल यात्रा तय  भएको छ ।  

यो च्यारिटी इभेन्टमा  हेल्प नेपाल नेटवर्क यूके, एनआरएनए यूके खेलकुद विभाग , नेप्लिज हेल्थ एशोसिएसन यूके लगायतको सहकार्य छ ।  च्यारिटी साइकल यात्रामा  संयोजन र सहभागिता वूल्विच आर्सनल राइडर्स क्लबमा आबद्ध सदस्यहरुको रहनेछ ।  

च्यारिटी साइकल यात्राबाट संकलन हुने रकम हेल्प नेपाल नेटवर्कद्वारा काभ्रेको धुलिखेलमा निर्मित बालगृहका अनाथ बालबालिकालाई सहयोग गरिने एनआरएनए इङ्ल्यान्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले बताए   

अनाथ बालबालिकाको  सहयोगका  लागि हुन लागेको इभेन्ट भएकाले बेलायतवासी नेपाली एवम्  संघसंस्थाबाट सक्दो सहयोग अपेक्षा गरिएको श्रेष्ठ बताउंछन् ।  

वूल्विचदेखि ब्राइटनसम्मको एकतर्फी ६९ माइलको दूरी पूरा गरेपछि च्यारिटी यात्रा सम्पन्न हुनेछ ।  बिहान १० बजे वूल्विचबाट शुरु हुने यात्रा पूरा हुन ६ घण्टा लाग्ने अनुमान गरिएको छ ।  

यो च्यारिटी साइकल यात्राको  संयोजनमा  ‘वूल्विच आर्सनल राइडर्स’ क्लबका सदस्यहरू हेल्प नेपाल नेटवर्क यूकेका  प्रशिद्ध प्रधान र सचिन श्रेष्ठ, गैरआवासीय नेपाली संघ यूकेका महासचिव फडिन्द्र भट्टराई, खेलकूद संयोजक ह्यारी गुरूङ, क्याट यूके अध्यक्ष जीवन  सेन , नेपाली युथ एसोसिएशन यू के अध्यक्ष लक्षुमन गुरूङ, सुरज गुरूङ  र अमिर श्रेष्ठ लगायत जुटिरहेका छन् ।

साइकल यात्रा सबैको लागि खुला राखिएको भन्दै भाग लिन ईच्छुक हुनेहरुलाई आयोजक समुहलाई सम्पर्क राख्न आग्रह गरिएको छ ।

इभेन्टको लागि आर्थिक सहयोग संकलनका लागि बुद्ध फाउन्डेसन यूकेको बैँक खाता प्रयोग गरिएको भन्दै आयोजकले निम्नानुसारको खातामा रकम जम्मा गराउन अपील गरेका छन् ।  

Buddha Foundation UK

Barclays Bank

20-57-76

A/c: 93183165

Ref: Cycling4Charity

जस्ट गिभिङ’ मार्फत सहयोग गर्ने लिंक : 

https://www.justgiving.com/fundraising/woolwich-to-brighton-charity-bike-ride

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू