शुक्रबार, चैत १६, २०८०
09:23 | १५:०८

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

रासस अक्टोबर १५, २०२०

काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ ।

सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् 

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्ताैलाले जानकारी दिए 

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले  अनुरोधसमेत गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू