शुक्रबार, वैशाख १४, २०८१
05:00 | ०९:४५

२४ घन्टामा २ हजार एक सय ७४ संक्रमित निको भए, १२ को मृत्यु

२ हजार ३ सय ६८ नयाँ संक्रमित

नेपाली लिङ्क अक्टोबर १४, २०२०

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख १७ हजार ९ सय ९६ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २ हजार ३ सय ६८ जना नयाँ संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुरमा ३ सय ५ गरी उपत्यकामा मात्र एक हजार ४ सय ३ जना संक्रमित थपिएको स्वास्स्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए  ।

हाल नेपालमा ३६ हजार ३ सय ६७ जनामा सक्रिय संक्रमण छ । पछिल्लो २४ घन्टामा २ हजार एक सय ७४ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै निको हुने कोरोना संक्रमितको संख्या ८० हजार ९ सय ५४ जना पुगेको छ ।

नेपालमा निको हुनेको दर ६८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण  मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू