शुक्रबार, वैशाख ७, २०८१
05:48 | १०:३३

राजदूत दम्पति अभिनित ‘दुख्ने मुटु’ सार्वजनिक (भिडियो)

म्यूजिक भिडियोको प्रमुख भूमिकामा राजदूत दम्पति

नेपाली लिङ्क अक्टोबर ८, २०२०

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र राजदूतपत्नी पुनम सुवेदीद्वारा अभिनित एक म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजदूत सुवेदीको आफ्नै रचना रहेको ‘दुख्ने मुटु’ बोलको गीतमा सुवेदी दम्पतिले अभिनय गरेका हुन् । यस गीतमा वरिष्ठ संगीतकार आलोकश्रीको संगीत तथा गायिका अन्जु पन्तको आवाज छ ।

भिडियोमा खुलेरै अभिनय गरेका राजदूत दम्पति प्रमुख भूमिकामा देखिएका छन् । भिडियोमा नायक ध्रुव दत्त र नायिका मिरुना मगरका साथै दूतावासका निवर्तमान उपनियोग प्रमुख शरदराज आरन र तृतीय सचिव तेजेन्द्र रेग्मीका दम्पतिको समेत अभिनय देख्न सकिन्छ ।

डा दुबसु क्षेत्री नेश्नल डेभलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको हो । जसमा सञ्चारकर्मी एवम् निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन तथा निर्देशन छ ।

भिडियोमा ट्राफगल स्क्वायर, अक्सफोर्ड स्ट्रीट, पिकाडेली सर्कस, बकिंगहम प्यालेस, हाइड पार्क लगायत लण्डनका प्रमुख स्थानका दृश्यहरु कैद छन् । निर्देशक श्रेष्ठले राजदूत दम्पतिसहितको अभिनयमा म्यूजिक भिडियो बनाउंदा फरक अनुभव भएको सुनाए ।

‘मैले यो म्यूजिक भिडियोलाई एउटा सामान्य कामका रुपमा मात्रै नभएर अवसरका रुपमा लिएको छु’, बेलायतमै तीन दर्जन म्यूजिक भिडियोको निर्माण तथा निर्देशन गरेका श्रेष्ठले भने, ‘कूटनीतिक व्यक्तित्वलाई अभिनय गराएर पर्दामा उतार्ने काम सजिलो हुंदैन कि भन्ने थियो । तर उहाँहरुले उत्कृष्ट काम गर्नुभएकोले खासै अफ्टेरो परेन ।’

‘दुख्ने मुटु’ म्यूजिक भिडियो- 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू